फिलाडेल्फियाको उत्तरपूर्वी क्षेत्रमा शुक्रबार साँझ एउटा सानो विमान दु'र्घटनाग्रस्त भएको छ, जसमा ६ जनाको मृ'त्यु भएको छ। दु'र्घटनाग्रस्त विमान मेक्सिकोको मेडिकल ट्रान्सपोर्ट जेट थियो, जसमा एक बालिका र उनकी आमा पनि सवार थिए। विमानले उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको केही समयपछि नै रोसवेल्ट मल नजिकै दु'र्घटनाग्रस्त भएको थियो।
दु'र्घटनापछि आगलागी भई नजिकैका घर र सवारीसाधनमा क्षति पुगेको छ। स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट र आगोको गोलो देखेको बताएका छन्।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाम पार्डोले सबै ६ जना मेक्सिकन नागरिकको मृ'त्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन्।
संघीय उड्डयन प्रशासन एफ ए ए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड एन टी एस बी ले दु'र्घटनाको अनुसन्धान गरिरहेका छन्।
यस घ'टनाले स्थानीय समुदायमा ठूलो शोक र स्तब्धता ल्याएको छ। प्रभावित परिवारप्रति हाम्रो गहिरो सम'वेदना छ।
Written by PrimeTime Nepal