एनपीएल सिजन तीनको नोभेम्बर ५, २०२६ को खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ। विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो भने काठमाण्डुले नौ ओभर चार बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। डेभिड वार्नर २४ बलमा ४४ रन र विल बोसिस्टो २४ बलमा २३ रनमा अविजित रहे; सन्तोष यादवले ३ विकेट लिए। कतिपय समाचारमा विजयी टोलीको अन्तिम स्कोर फरक उल्लेख भए पनि हामीले विस्तृत स्कोरकार्ड र काठमाडौं पोस्टसँग मिल्ने ८६/१ अपनाएका छौँ। दृश्यहरू प्रतिनिधिमूलक AI B-roll हुन्, नोभेम्बर ५ को वास्तविक खेल फुटेज होइनन्। #NPL2026 #KathmanduGorkhas #NepalCricket #PTNMedia
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.