🙏 १०–११ दिनपछि फेरि अर्को चमत्कार!
बेत्रावतीमा आएको विनाशकारी विपत्तिका कारण पुरिएको घरभित्र फसेकी ६० वर्षीया आमालाई १०–११ दिनपछि जीवित र सकुशल उद्धार गरिएको छ। 🇳🇵❤️
नेपाल सशस्त्र प्रहरी बल (APF) का सुरक्षाकर्मीहरूले अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा उहाँलाई जीवितै उद्धार गर्न सफल भएका छन्।
कल्पना गर्नै नसकिने खतरा र चुनौतीका बीच पनि हाम्रा सुरक्षाकर्मीहरू अरूको जीवन बचाउन आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार कार्यमा खटिरहेका छन्।
यस्ता साहसी सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा उद्धार कार्यमा खटिएका सम्पूर्ण उद्धारकर्मीहरूप्रति उच्च सम्मान र हृदयदेखि सलाम! 🙏🇳🇵
अझै पनि कतै कोही उद्धारको पर्खाइमा हुनुहुन्छ भने उहाँहरू पनि जीवित र सकुशल भेटिनुहोस् भन्ने भगवानसँग प्रार्थना गरौँ। 🙏
आशा कहिल्यै मर्न दिनु हुँदैन। ❤️
चमत्कार अझै सम्भव छ।
Written by PrimeTime Nepal
