काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उहाँको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ ।
सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गर्नुभयो । सभाको आजको बैठक शुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाउनुभएको थियो ।
Written by PrimeTime Nepal